+
+

प्रधानमन्त्री प्रचण्डलाई भेटेर फर्किए रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते ११:२७

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच आधा घन्टा संवाद भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार तनहुँका ठूला विकास आयोजनाका बारेमा कुरा गर्न पौडेल बालुवाटार पुगेका हुन् । ‘तनहुँका ठूला विकास आयोजनाहरुका बारेमा कुरा गर्न जानुभएको हो । बिपी कोइराला हस्पिटल, तल्लो जलविद्युत् आयोजना, लगायत अरु विकास आयोजनाको प्रधानमन्त्रीसँगी गर्नु भएको छ,’ अधिकारीले भने ।

पौडेल राष्ट्रपति पदको आकांक्षी छन् । राजनीतिको विषयमा भने कुराकानी नभएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?