+
+

माइक्रोसफ्टले बन्द गर्‍यो विन्डोज ७  र ८.१

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १७:३०

अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो बहुचर्चित अपरेटिङ सिस्टम बन्द गर्ने घोषणा गरेको छ । जनवरी १० देखि लागु हुने गरी विन्डोज ७ र ८.१ को सपोर्ट बन्द गर्ने माइक्रोसफ्टले घोषणा गरेको छ ।

अहिले पनि धेरै कम्प्युटर प्रयोगकर्ताको डेस्कटप तथा ल्यापटपमा विन्डोज ७ तथा विन्डोज ८.१ नै रहेको अवस्थामा माइक्रोसफ्टको पछिल्लो निर्णयले ती प्रयोगकर्तालाई भने असर पर्ने देखिन्छ ।

विन्डोज ७ र ८.१ को सपोर्ट माइक्रोसफ्टले बन्द गर्नुको अर्थ के होला ? माइक्रोसफ्टको यो निर्णयपछि के उल्लेखित अपरेटिङ सिस्टम भएका कम्प्युटरले काम गर्दैनन् त ? त्यसो होइन । माइक्रोसफ्टको सपोर्ट बन्द हुनुको अर्थ यी अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरमा सेक्युरिटी तथा बगको अपडेट प्राप्त हुनेछैन ।

जब माइक्रोसफ्टले कुनै विन्डोज सिस्टमका लागि सपोर्ट बन्द गर्छ, तब त्यसका लागि सेक्युरिटी प्याच, बग फिक्स वा अन्य अपडेट जारी गर्दैन । यसको अर्थ ती अपरेटिङ सिस्टममा चलिरहेका कम्प्युटरमा नयाँ सेक्युरिटी जोखिमबाट सुरक्षाका लागि कुनै पनि अपडेट प्राप्त हुँदैन । साथै नयाँ सफ्टवेयर ड्राइभर्ससँग राम्रोसँग काम गर्न पनि अपडेट प्राप्त हुँदैन । सजिलो भाषामा भन्नुपर्दा विन्डोजको सपोर्ट बन्द भएपछि तपाईंको कम्प्युटरले काम त गरिरहेको हुन्छ तर त्यसमा कुनै नयाँ अपडेट प्राप्त हुँदैन ।

त्यसो भएपछि कम्प्युटर नयाँ जोखिमसँग लड्न सक्दैन, जसकारण उक्त कम्प्युटर प्रणाली ह्याकिङको सिकार बन्न सक्छ ।

विन्डोज ७ को यात्रा

माइक्रोसफ्टले सन् २००९ मा विन्डोज ७ लञ्च गरेको थियो र त्यसको अपडेट सन् २०१५ मै बन्द गर्नेवाला थियो । तर उक्त अपरेटिङ सिस्टमको लोकप्रियता देखेर माइक्रोसफ्टले विन्डोज ७ को सपोर्ट सन् २०२० सम्म लम्ब्यायो । त्यस्तै विन्डोज ७ को सेक्युरिटी अपडेट चाहिं सन् २०२३ सम्म विस्तार गरेको थियो, कारण प्रयोगकर्ताहरु विन्डोज १० तथा विन्डोज ११ मा स्थानान्तरण हुन सकुन् ।

अर्कोतर्फ विन्डोज ८.१ सन् २०१३ मा लञ्च भएको थियो । कम्पनीले उक्त अपरेटिङ सिस्टमको सपोर्ट पनि सन् २०२३ सम्म थप गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?