+
+
Shares

रास्वपाले कसलाई बनाउँदैछ उपसभामुखको उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते २०:५५

५ माघ, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिबार हुँदैछ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यसूची छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका अनुसार सत्ता साझेदार दलहरुबीच प्रतिनिधिसभाको उपसभामुख रास्वपाले पाउने सहमति छ । ‘उपसभामुखको उम्मेदवार हाम्रो पार्टीले नै पाउने सहमति छ’, लामिछाने बिहीबार नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भने ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक बाध्यताका कारण अब उपसभामुखमा महिला नै हुनुपर्नेछ ।

उपसभामुखको उम्मेदवार चयन गर्न रास्वपाले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ । रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरु आकांक्षी छन् ।

‘प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकतामा राख्ने नीति छ । त्यस आधारमा मेरो नाममाथि छलफल चलेको छ’ उपसभामुखको आकांक्षी सांसद गौतम भन्छिन्, ‘तर, औपचारिक निर्णय संसदीय दलको बैठकले नै गर्नेछ ।’

नेताहरुका अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिँदा सोबता एक्ली उम्मेदवार हुन् । रास्वपामा प्रत्यक्ष निर्वाचित दुई महिलामध्यो डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भइसकेकी छन् ।

समानुपातिक पद्धतिबाट रास्वपामा डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर, निशा डाँगी, बिनीता कठायत र लक्ष्मी तिवारी निर्वाचित भएका छन् ।

रास्वपाका सांसद विराजभक्त श्रेष्ठ उपसभामुखको गरिमा धान्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताउँछन् । ‘उपसभामुख संवैधानिक परिषदको सदस्य हुन्छ । संवैधानिक परिषद राज्य सञ्चालनको उच्चतम थलो हो’, उनी थप्छन्, ‘सभामुख नहुँदा सभा चलाउने हिसाबले मात्र उपसभामुखलाई हेरिन हुन्न । यही गम्भीरताका साथ छलफल हुन्छ र उम्मेदवारको नाम तय हुन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?