+
+

सी डिभिजन लिग जेठ १ देखि, विजेताले १० लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १४:३७

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।

शुक्रबार एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो ।

एन्फाले सी डिभिजनका सबै १४ क्लबलाई तयारी खर्चका रुपमा ११ लाख रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोगिताको पुरस्कार राशीबारे क्लब र एन्फाबीचको अघिल्लो बैठकमै निर्णय गरिएको थियो । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ७ लाख र तेस्रो हुने टिमले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फेयर प्ले टिम र सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार पाउँदा सर्वार्धिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३५ हजार पाउनेछन् ।

हरेक खेलको विजेताले २० हजार रुपैयाँ पाउनेछ । खेल बराबरी भएको अवस्थामा दुवै टिमलाई ७ हजार ५०० का दरले दिइनेछ । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?