+
+
फ्राइडे रिलिज :

हलमा लाग्यो बौद्धिक पुतलीको कथामा आधारित हलिउड फिल्म ‘मेगन’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १७:४३

काठमाडौं । शुक्रबारदेखि नेपालमा हलिउड स्टुडियो युनिभर्सलको प्रतीक्षित फिल्म ‘मेगन’ रिलिज भएको छ । साइन्स फिक्सन र हरर जनरामा राखिएको यो फिल्मलाई कन्जुरिङ युनिभर्सका जेम्स वानले लेखेका हुन् ।

एलिसन विलियम्सको प्रमुख भूमिका रहेको फिल्मले एक बौद्धिक पुतलीको कथा भन्छ । यो पुतलीसँग आत्मजागरुकता मात्र होइन, मानव साथीको बीचमा आउने जोकोहीलाई यसले दुश्मन बनाउने कथा प्रस्तुत गर्छ ।

व्यावसायिक र समीक्षात्मक कोणबाट राम्रो प्रशंसा प्राप्त गरेको यो फिल्मलाई आईएमडीबीले वर्ष २०२३ को प्रतीक्षित फिल्मको सूचीमा राखेको छ । १ घण्टा ४२ मिनेट लामो यो फिल्म नेपालका मल्टिप्लेक्समा रिलिज भएको हो । साइन्स फिक्सनमा रुचि राख्ने दर्शकलाई यो फिल्म मन पर्नसक्छ ।

बिहीबारदेखि काठमाडौं उपत्यकास्थित सिनेमा घरमा सोसल ड्रामा फिल्म ‘सरी मम’ प्रदर्शनमा आएको छ । लागूऔषधविरुद्ध सन्देश दिने यो फिल्ममा सरोज खनाल, सरिता लामिछाने लगायतको प्रमुख भूमिका छ । काठमाडौंपछि यसलाई अन्य सहरमा रिलिज गर्ने तयारी छ ।

तिम्रो मेरो साथ’ एक साता पनि टिकेन

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले साम्राज्ञी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’लाई हलबाट उतारेको छ । तर सारा श्रीपालीको म्युजिकल लभस्टोरी फिल्म ‘गुञ्जन’ हलमा यथावत् छ । साम्राज्ञी पछिल्लो समयकी स्टार र महंगो पारिश्रमिक लिने अभिनेत्री हुन् । तर फिल्मले प्रमुख मल्टिप्लेक्समा आफूलाई एक साता पनि टिकाउन सकेन ।

अर्कोतर्फ कमजोर अकुपन्सीसहित चलिरहेको ‘गुञ्जन’ काठमाडौंको दरबार सिनेम्याक्समा मात्र चलिरहेको छ । बढीभन्दा बढी दर्शक पुग्ने क्यूएफएक्सका अन्य मल्टिप्लेक्सबाट भने गुञ्जनलाई हटाइएको छ । यी दुई फिल्मले पनि हलमा दर्शकलाई तान्न सकेनन् । आउने बुधबार रिलिज तयारीमा रहेको बलिउड फिल्म ‘पठान’लाई लिएर दर्शकमाझ पर्खाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?