+
+

प्याब्सन नकआउट क्रिकेट : जीवन ज्याेति, आदर्श र साउथ जोन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ६ गते १९:३४

६ माघ, वीरगञ्ज । वीरगञ्जमा जारी प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा शुक्रबार तीन वटा खेलमा जीवन ज्योति मावि, आदर्श मावि र साउथ जोन स्कुल विजयी भएको छ ।

साउथ जोन माविले विद्या सागर माविलाई ३५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको साउथ जोनले १५ ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।

१ सय १६ रनको जवाफी लक्ष्य पछ्याएको विद्या सागरले १५ ओभर खेल्दा ९ विकेटको क्षतिमा जम्मा ८० रन मात्रै बनाउन सक्यो । ३४ बल खेलेर ४१ रन जोड्न सफल साउथ जोनका समिर आलम म्यान अफदी म्याच घोषित भए ।

सिदार्थ माविलाई ९५ रनले पराजित गर्दै आदर्श मावि विजयी भएको छ । टस जितेर सिदार्थले बलिङ रोजेपछि ब्याटिङ गरेको आदर्श माविले पुरै १५ ओभर खेलेर ३ विकेटको क्षतिमा १ सय ७० बनाएको थियो ।

सिदार्थ १ सय ७१ रनको जवाफी लक्ष्य सहित ब्याटिङमा उत्रिएको थियो । उसले १५ ओभर खेल्दा ८ विकेटको क्षतिमा ७५ रन मात्रै जोड्न सक्यो । २६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन तथा ३ विकेट लिन सफल भएका आदर्शका क्रिस श्रीवास्ताव म्यान अफ दी म्याच घोषित भए ।

अल्पाईन स्कुललाई २० रनले पराजित गर्दैै जीवन ज्योति विजयी भएको हो । टस जितेर अल्पाईनले बलिङ रोजेपछि जीवन ज्योतिले पहिला ब्याटिङ गरको थियो । १५ ओभर खेलेर ४ विकेटको क्षतिमा जीवनज्योतिले १ सय ३८ रन बनाएको थियो ।

१ सय ३९ रनको लक्ष्य पछ्याएको अल्पाईन १४ ओभर एक बलमा १ सय १८ रनमै अलआउट भएको थियो । टि–२० क्रिकेट प्रतियोगिता भएपनि दैनिक तीन वटा खेल सञ्चालन गर्नुपर्ने भएकोले क्वाटरफाईनलसम्म १५ ओभरको खेल खेलाईने प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।

माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयले सहभागी जनाएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?