+
+

दीपक अधिकारी र फूलमती रानाले जिते राइट टु प्रोटिन हाफ म्याराथन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ७ गते १७:४०

७ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपीएफकी फूलमती रानाले राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।

शनिबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको प्रमुख विधा हाफ म्याराथनमा आर्मीका दीपकले १ घण्टा ५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गरी उपाधि जितेका हुन् । आर्मीकी राजन रोकाय ६ सेकेण्डले पछि पर्दै उपविजेतामा सीमित रहे । आर्मीका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरे । गत संस्करणको च्याम्पियन बागलुङका तीर्थ पुन र आर्मीकी सुशील कुमार शाही क्रमश चौधो र पाँचौं भए ।

महिलातर्फ एपीएफकी फूलमती रानाले १ घण्टा २२ मिनेट १२ सेकेण्डको टाइमिङसहित उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबका राममाया बुढालाई ५ सेकेण्डले पछि पारेकीि हुन् ।

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २३ मिनेट १० सेकेण्डको टाइमिङसहित तेस्रो भइन् । आर्मीकी कल्पना खड्का र वागमती प्रदेशकी अन्जु खड्का क्रमश: चौथो र पाँचौं भए ।

महिला र पुरुष दुवैतर्फका विजेताले १ लाख ३३ हजार ३३३ रुपैयाँ पुरस्कार पाएका छन् ।

पुरुष १० किलोमिटर र महिला ५ किलोमिटरमा पनि विभागीय टिमकै खेलाडीको बर्चश्व रह्यो । १० किमीमा शीर्ष पाँच स्थानका सबै खेलाडीहरु आर्मीका छन् । मुकेश पालले ३० मिनेट ५६.०१ सेकेण्डसति उपाधि जिते । गजेन्द्र राईले ३१ मिनेट २९ सुेकेण्डमा दूरी पूरा गरे । सुवास कार्की ३१ मिनेट ७.२० सेकेण्डसहित तेस्रो भए । चौथो र पाँचौं हुने क्रमसः सिकास राई र मोहनदेव जोशी पनि आर्मीकै हुन् ।

महिला ५ किमिमा आर्मींकी गीता बिकले २१ मिनेट ३८.५२ सेकेण्डको टाइमिङसहित पहिलो हुँदा आर्मीकी निर्मला केसीले २२ मिनेट ८.२२ सेकेण्डमा दूरी पूरा गरी दोस्रो भइन् । एपीएफकी सीमा चौधरी तेस्रो, नेपाल पुलिसकी विष्णा कुमाल चौथो र एपीएफकी आशा रावत पाँचौं भए ।

विद्यालय छात्र ५ किमिमा सन्जीव नेपाली र छात्रा ३ किमीमा कल्पना बुढाले उपाधि जिते । ह्वीलचियरतर्फ पुरुषमा प्रेमबहादुर बिक र महिलामा रजनी राई च्याम्पियन बनिन् ।

नेपाल भेटेरेनरी एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३३३ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?