
९ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।
सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।
बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4