+
+

साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक छ : गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १३:५२
फाइल तस्वीर

९ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच विस्तार गरी तिनै तहका उद्योगहरुले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

उनले गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमई उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्नसक्ने विश्वास व्यक्त गरे । उनले साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको बताए । उनले बैंकहरुको महँगो ब्याजले लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भइरहेको बताए । उनले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने बताए ।

उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न आग्रह गरे । उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । उनले कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता नभएको भन्दै कर बुझाउन जाँदा उल्टै दुःख पाउने परिपाटी रहेको बताए ।

अध्यक्ष गोल्छाले आधुनिक प्रविधि प्रयोग गरेर बजारको माग अनुसार गुणस्तरीय उत्पादन गर्नसके नेपाललाई एसएमई उद्योगबाट ठूलो आर्थिक उन्नती गर्ने सम्भावना प्रशस्त रहेको पनि बताए । साना उद्यमीलाई कर्जा पाउन कठिन भएको भन्दै उनले यसलाई सहज बनाउन आग्रह समेत गरे ।

‘गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता भएकोमा ६५ हजार ६९ एसएमई उद्योगहरु दर्ता भएका छन् । यो संख्या अझै बढ्नसक्छ, यिनको उत्पादन क्षमता अझै बढ्नसक्छ । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिब ६० प्रतिशतले घटेको छ । महँगा ब्याजले लगानी विस्तार त परको कुरा भयो, उद्यम टिकाउनसमेत चुनौति भएको छ । यस्ता उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने ।

अध्यक्ष गोल्छाले एसएमई क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनैतिक र नीतिगत प्रतिवद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?