+
+

फागुन ७ देखि ‘सातौ गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १५:००

९ माघ, गोरखा। जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको फुटबल प्रतियोगिता ‘गोर्खाली रनिङ कप’ को सातौ संस्करण फागुन ७ गतेबाट सुरू हुने भएको छ । हरमटारी क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय एवं स्थानीय क्लबको सहभागीता रहने आयोजक क्लबले जनाएको छ । ‘जिल्लाभित्र र बाहिरका गरी कुल १६ टिम सहभागी हुन पाउछन्,’ क्लबका महासचिव किरण ढकालले भने, ‘एक टिमबाट तीन जनाभन्दा बढी विदेशी खेलाडी खेल्न पाउदैनन् ।’

उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म खेलहरु संचालन हुने छन् । प्रतियोगिताको उपाधी बिजेता क्लबले २ लाख २२ हजार २२२ नगद पुरस्कार पाउने छ भने उपबिजेता क्लबले १ लाख ११ हजार १११ रुपैया पाउने छ ।

त्यस्तै सेमिफाइनलमा पुग्ने दुवै टिमले ५० हजारका दरले नगद पुरस्कार पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, अग्रपंक्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताका लागी पनि नगद पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।

प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ । प्रतियोगिता संचालनका लागी २५ लाख बढी लाग्ने अनुमान गरिएको छ । ‘हालसम्म गोरखा नगरपालिकाले चार लाख दिने भन्ने छ, हामी आयोजकले दुई लाख हाल्छौ बाँकी रकमका लागी अन्य स्रोत खोज्ने हो,’ अध्यक्ष गुरुङले भने ।

०७० सालबाट सुरू गरिएको यस प्रतियोगिताले कोभिडका कारण २०७५ साल यता निरन्तरता पाउन सकेको थिएन । प्रतियोगिताले खेल मार्फत पर्यटन प्रवद्र्धन गर्ने र व्यवसायिक खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?