+
+

ज्वाइँलाई ३७९ व्यञ्जनको सत्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १६:४२

पूर्वीय संस्कारमा ज्वाइँलाई निकै सम्मान गरिन्छ । ससुराली गएको ज्वाइँलाई (अझ नौलो ज्वाइँलाई) त सत्कारमा कुनै कमी राखिंदैन । ज्वाइँको खानपिनदेखि कपडालगायत हरेक कुराको बन्दोबस्ती निकै शानदार ढंगले गरिएको हुन्छ ।

तर कहिलेकाहीं ज्वाइँलाई गरिने सत्कारले सीमा नै नाघ्छ । हालै भारतमा एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । जहाँ ससुराली गएका एक जना ज्वाइँलाई ३७९ प्रकारका व्यञ्जन टक्राइएको छ ।

समाचार अनुसार उक्त भिडियो भारतको आन्ध्रप्रदेशस्थित पश्चिम गोदावरी जिल्लामा रहेको नरसापुरमको हो । इन्स्टाग्राममा सेयर भएको उक्त भिडियोमा दिइएको जानकारी अनुसार छोरी र ज्वाइँको स्वागतमा परिवारको तर्फबाट कुल ३७९ प्रकारका परिकार तयार गरी टक्राइएको थियो । पछिल्लो १० दिन लगाएर ती परिकार तयार पारिएको थियो ।

छोरीज्वाइँलाई पस्किएको भोजनमा ४० प्रकारको बास्नायुक्त भात, ४० प्रकारको तरकारी, २० प्रकारको रोटी अचार, १०० प्रकारका मिठाइहरु, १० प्रकारका जुसलगायत सफ्ट ड्रिंक्स तथा अन्य खानेकुरा सामेल थिए ।

उसो त उक्त गोदावरी जिल्लामा ज्वाइँको सत्कारमा कैयौंथरी व्यञ्जनको भोजन गराउने परम्परा नै छ । इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा पहिलो संक्रान्तिका बेला गरिएको बिन्दु भोजनममा कुल ३७९ प्रकारका परिकार भोजन गरिएको उल्लेख छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?