+
+

हेटौंडामा माघ २९ गतेदेखि मकवानपुर गोल्डकप हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते १७:२६

९ माघ, हेटौंडा । हेटौंडामा यही माघ २९ गतेदेखि पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप सुरु हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाको आयोजनामा हुने प्रतियोगितामा २ वटा विदेशी क्लबसहित १२ क्लबको सहभागिता रहने आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिता पिप्ले क्याम्पा रङ्गशाला हेटौंडामा हुनेछ ।

फुटबल प्रतियोगितामा प्रथम हुनेलाई १५ लाख रुपैंया र द्वितीय हुनेलाई १० लाख रुपैंया पुरस्कारको व्यवस्था गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिए । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैंया, विधागत उत्कृष्ट खेलाडीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैंया पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा मनाङ्ग मर्स्याङदी, थ्री स्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सातदोबाटो युवा, नेपाल पुलिस, एपीएफ, एनआरटी, मच्छिन्द्र, जावलाखेल युथ, एभिनिर एफसी क्यामरुन,आयोजक मकवानपुरले सहभागिता जनाउने सम्भावना रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?