+
+

यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरको सामना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते २०:०३

९ माघ, काठमाडौं । नेपाल सहभागी रहने आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसियाली छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

फागुन १२ देखि १८ सम्म यूएईमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता छ ।

यू-१९ विश्वकप एसिया छनोट डिभिजन टूबाट छनोट भएका हङकङ र सिंगापुर तथा डिभिजन वानमा रहेका नेपाल, युएई, मलेसिया र कुवेतबीच प्रतियोगिता एसियाली छनोट हुन लागेको हो ।

यो प्रतियोगिताको विजेता टिमले सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ एकदिवशीय विश्वकपमा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा नेपालले पहिलो खेल फागुन १२ मा सिंगापुरसँग खेल्नेछ । त्यसको भोलिपल्ट कुवेत, फागुन १५ गते हङकङ, १६ गते मलेसिया र १७ गते घरेलु टोली युएईसँग खेल्नेछ ।

यू-१९ विश्वकप एसिया छनोटका लागि आइतबार नेपाल क्रिकेट संघ क्यानले नेपाली टिम सार्वजनिक गरेको थियो । प्रतियोगिताका लागि नेपाली टिम त्रिवि मैदानमा अभ्यासरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?