+
+

अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगिन् रिवाकिना

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १३:५९

१० माघ, काठमाडौं । गत सिजन विम्बल्डन जितेकी एलेना रिवाकिना वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् । मंगलबार भएको खेलमा उनले जेलेना ओस्टापेन्कोलाई सोझो सेटमा हराएकी हुन् ।

रिवाकिनाले ओस्टापेन्कोलाई ६–२ र ६–४ को सेटमा पराजित गरेकाी हुन् । रड लेभर एरिनामा लामो समायसम्म वर्षाले खेल विथोलिँदा काजाकस्तानकी रिवाकिनाले ओस्टापेन्कोलाई हराउन १ घण्टा १९ मिनेट लगाइन् ।

२२औं वरीयताकी रिवाकिनाले फाइनल प्रवेशका लागि तेस्रो वरीयताकी अमेरिकी जेसिका पेगुला र दुईपल्टकी च्याम्पियन भिक्टोरिया आजारेन्काबीच खेलको विजेतासँग खेल्नेछिन् ।

‘पहिलोपल्ट सेमिफाइनलमा पुग्न पाउँदा धेरै खुसी छु,’ महिलातर्फ बाँकी भएकामध्ये कान्छी खेलाडी रिवाकिनाले भनिन्, ‘वास्तवमै म डराइरहेकी थिएँ । योभन्दा अघिल्लो चरणको खेलमा झन धेरै डर लागेको थियो । तर, मैले आफ्ना भावनालाई व्यवस्थित गर्न सकेँ र आज राम्रो खेल्न सकेँ ।’

गत वर्ष विम्बल्डनमा अविश्वसनीय सफलतासँगै करिअरको प्रतिष्ठित उपाधि जिते पनि रिवाकिना २५औं वरीयतामा झरिन् । किनभने ग्रासकोर्टको सफलतालाई वरीयताअंक प्रदान गरिएको थिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?