+
+

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १५:११

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्विरोध चयन भएका छन् । पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा अधिकारीलाई चयन गरेको हो । यो संस्था दक्षिण क्यालिफोर्नियामा विगत १४ वर्षदेखि सक्रिय सामाजिक संस्था हो ।

संस्थाको उपाध्यक्षमा अर्जुन पौडेल, महासचिवमा शम्सेर भण्डारी, सचिवमा शिव शिवाकोटी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक अग्नि चौलागाईंले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा बबिन थापा, नवराज मुडभरी, विदुर खड्का, मणिराम न्यौपाने र छत्रबाहदुर छेत्री निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत अन्य केही सदस्यहरुको पद हाललाई खाली रहेको उनले जानकारी दिए ।

साधारणसभामा महिला सहभागिता सहित नयाँ कार्यसमितिलाई छिट्टै पूर्णता दिने संस्थाकी पूर्वअध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?