+
+

वालिङमा हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १६:३९

१० माघ, काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमराज थापाले बताए ।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए । उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएपछि पाइलट रानेश डंगोलले ल्याण्ड गरेका थिए ।

वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?