+
+

प्याब्सन नकआउट क्रिकेट : एमइएस, मुनलाइट र ज्ञानज्योति क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते २०:५१

१० माघ, वीरगञ्ज । एमईएस, मुनलाइट र ज्ञान ज्योति, सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार प्रिक्वार्टरफाइनल चरणका खेलमा विजयी हुँदै उनीहरुले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

ज्ञानदालाई पराजित गर्दै एमईएस, हिमालय पिरामिडलाई पराजित गर्दै मुनलाईट र लिटल एन्जल्सलाई पराजित गर्दै ज्ञान ज्योति माविले क्वार्टरफाइनलमा स्थान बनाएको प्याब्सनका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । ज्ञानदा एकेडेमीलाई १ रनले पराजित गर्दै एमईएस स्कूलले उपाधितर्फको आफ्नो यात्रालाई जारी राख्यो ।

टस जितेर ब्याटिङ रोजेको एमइएसले पुरै १५ ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । १ सय २३ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदाले ५ विकेटको क्षतिमा पूरै १५ ओभर खेलेर मात्र १२१ बनाउन सक्यो । ३ विकेट लिएका ज्ञानदाका कृष्णा सर्राफ म्यान अफ दि म्याच बने ।

हिमालयन पिरामिड माविलाई ५ विकेटले पराजित गर्दै मुनलाईट क्वार्टरफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको हिमालयन पिरामिडले १४ दशमलब ४ ओभरमा पूरै विकेटको क्षतिमा ७५ रन बनाएको थियो । ७६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको मुनलाईटले ९ दशमलब ३ ओभर खेल्दै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । मुनलाइटका सेराज हवारी म्यान अफ द म्याच घोषित भए ।

यसैगरी, प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा लिटल एन्जल्सलाई ३० रनले पराजित गर्दै ज्ञानज्योति माविले क्वाटर फाईनलमा स्थान बनायो । टस जितेर लिटल एन्जल्सले बलिङ रोजेपछि ज्ञानज्योतिले पहिले ब्याटिङ गरेको थियो । उसले पुरै १५ ओभर खेल्दा ९ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार पार्‍यो ।

१ सय ३० रनको जवाफी लक्ष्य सहित ब्याटिङ गरेको लिटल एन्जल्सले पुरै ओभर खेल्दा ६ विकेट गुमाएर मात्र ९९ रन मात्रै जोड्न सक्यो । ३ छक्का र ८ चौका सहित ६० रनको योगदान दिएका लिटल एन्जल्सका आयुष गुप्ता म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत बुधबारदेखि क्वार्टरफाइनलका खेल हुनेछ । बुधबार मनकामना मावि र ज्ञान ज्योति मावि, एमइएस र आदर्श तथा साउथ जोन र मुनलाईट बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २५ वटा संस्थागत विद्यालय सहभागी प्रतियोगिता माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?