+
+

मोहम्मद सिराज ओडीआई बलरको वरीयतामा पहिलो पटक शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १८:१५

११ माघ,  काठमाडौं । भारतीय फास्ट बलर मोहम्मद सिराज पहिलो पटक आईसीसी वरीयतामा ओडीआईतर्फ नम्बर वान बलर बनेका छन् ।

आईसीसीले पछिल्लो पटक अपडेट गरेको वरीयता अनुसार बलरतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टलाई पछि पार्दै सिराज शीर्ष स्थानमा उक्लेका हुन् ।

दोस्रो स्थानमा अष्ट्रेलियाका जोस हाजेलउड छन् भने बोल्ट तेस्रो स्थानमा झरेका छन् ।

गत वर्ष फ्रेब्रुअरीमा मात्रै भारतीय ओडीआई टिममा पुनरागमन गरेका सिराजले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै नम्बर वान बलर बनेका हुन् ।

त्यसयता २८ वर्षीय सिराजले ओडीआईमा २० खेल खेल्दै ३७ विकेट लिएका छन् र उनले भारतको प्रमुख बलर बनेका छन् । भारतले न्युजिल्याण्ड विरुद्धको तीन खेलको ओडीआई शृंखला घरेलु मैदानमा क्लिन स्वीप गर्दा सिराजले ५ विकेट लिएका थिए ।

शृंखलामा सर्वाधिक विकेट लिनेमा भारतकै शार्दुल ठाकुर र कुलदिप यादव भन्दा पछि रहे पनि सिराजले पछिल्लो पाँच ओडीआई म्याचमा १४ विकेट लिएका थिए । उनले श्रीलंका विरुद्धको तीन खेलको शृंखलामा ९ विकेट लिएका थिए ।

यस्तै न्युजिल्याण्ड विरुद्धको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै कूल ३६० रन बनाएर प्लेअर अफ द सिरिज बनेका भारतीय युवा ब्याटर शुभमन गिल ब्याटरतर्फ छैटौं स्थानमा उक्लेका छन् ।

उनले भारतकै विराट कोहलीलाई एक स्थानले पछि पारेका हुन् । ब्याटरको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?