+
+

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १८:५७

११ माघ, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले बुधबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए ।

त्यस्तै एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । तीनै चार नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

२८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रका मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?