+
+

प्याब्सन क्रिकेट : मनकामना, एमईएस र साउथ जोन सेमिफाइनल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ११ गते १९:४२

११ माघ, वीरगञ्ज । सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा मनकामना, एमईएस र साउथ जोन सेमिफाइनल प्रवेश गरेका छन् ।

बुधबार भएका क्वार्टरफाइनलका खेलहरुमा ज्ञानज्योतिलाई पराजित गर्दै मनकामना, आदर्श माविलाई पराजित गर्दै एमईएस र मुनलाइटलाई पराजित गर्दै साउथ जोन माविले सेफिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

बुधबार पहिलो खेलमा मनकामना माविले ज्ञानज्योतिलाई ३ विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको ज्ञानज्योतिले पुरै १५ ओभर खेलेर ८ विकेटको क्षतिमा मात्र ७८ रन बनाएको थियो । ७९ रनको झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मनकामनाले ७ विकेटको क्षतिमा १३.५ ओभर खेलेर लक्ष्य पार गरेको थयो । खेलमा मनकामनाका अभय सर्राफ म्यान अफ दि म्याच घोषित भए ।

यस्तै, बुधबार नै भएको क्वार्टरफाइनल चरणको खेलमा एमईएस मावि विजयी भएको छ । आदर्श माविलाई ३१ रनले पराजित गर्दै एमईएसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर एमईएसले ब्याटिङ रोजेकोमा पुरै १५ ओभरमा ५ विकेटको नोक्सानीमा १०७ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको आदर्शले १३.५ ओभर खेल्दै पुरै विकेट खर्चेर मात्र ७६ रन बनाउन सक्यो । खेलमा २ छक्का र ४ चौकासहित ४८ रनको योगदान दिएका एमईएसका एजाज खान म्यान अफ द म्याच घोषित भए ।

बुधबार भएको तेस्रो क्वार्टरफाइनलमा  मुनलाइटलाई ७८ रनले पराजित गर्दै साउन जोन मावि विजयी भएको छ । टस जितेर साउथ जोनले पहिले ब्याटिङ गरेर पुरै १५ ओभरमा ६ विकेटको नोक्सानीमा १४० रन बनाएकोमा जवाफी ब्याटिङ गरेको मुनलाईट ३ विकेट खर्चेर पुरै ओभर खेल्दा पनि मात्र ६२ रनै  समेटियो । खेलमा ३ छक्का र छ चौका सहित ६० रनको योगदान दिएका साउथ जोनका मुन्ना यादव म्यान अफ द म्याच घोषित भए ।

सातौं प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता अन्र्तगत बिहीबार भने एउटा मात्र खेल हुन प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए । बिहीबार सरस्वती पूजा परेको हुँदा अन्तिम गौतम मावि र मिलील्याण्ड मावि बीचको एउटा मात्र क्वाटर फाइनल खेल हुने संग्रौलाले जानकारी दिए । माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा वीरगञ्जका २५ वटा विद्यालयको सहभागिता छ । प्रतियोगितामा विजयी हुने टिमले शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?