+
+

सलमानको ‘टाइगर ३’मा शाहरुख पनि, ‘पठान’ सकिएकै कथाबाट सुरु हुनेछ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १७:३६

काठमाडौं । गत बुधबारबाट हलमा प्रदर्शन भइरहेको फिल्म ‘पठान’बाट शाहरुख खानको क्रेज फेरि एकपटक स्पष्ट देखिएको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भइरहेका छन् । यीमध्ये धेरैजसो शाहरुख र सलमान खानको एक्सन दृश्य भएका भिडियो छन् ।

वास्तवमा पठानमा सलमानको करिब २० मिनेटको केमियो भूमिका छ र फ्यानले दुवैको जुगलबन्दीलाई मन पराइरहेका छन् । पठानमा सलमानले शाहरुखलाई बचाए तर अब पठानको पालो आएको छ । हो, अब शाहरुख सलमानको आगामी फिल्म ‘टाइगर ३’ मा पनि देखिनेछन् ।

यो खबर धेरैअघि आएको थियो तर दुवैले अहिलेसम्म एक्सन सिक्वेन्स सुटिङ गर्न सकेका छैनन् । यसको कारण दुवै स्टारसँग डेट नहुनु हो । तर यतिबेला शाहरुखले सलमानसँग स्क्रिन सेयर गर्ने बताइएको छ । यसका लागि उनले विशेष तयारी पनि गरेका छन् ।

हामीले ‘पठानलाई बचाउन निस्किएको’ ‘टाइगर’लाई देख्यौं र अब सलमान खानको एक्सन फ्रेन्चाइजको तेस्रो श्रृंखलामा ‘टाइगर’लाई मद्दत गर्ने पालो ‘पठान’को हो । सलमानसँग सुटिङ गर्न समय नपाएका कारण शाहरुख खानले ‘टाइगर ३’ को सुटिङ गर्न बाँकी छ । फिल्म निकट स्रोतका अनुसार शाहरुखले आगामी फेब्रुअरी वा मार्चमा सलमानसँग आफ्नो भागको सुटिङ गर्नेछन् ।

शाहरुख आफ्नो ‘पठान’ शैलीबाट बाहिर निस्केका छन् । उनले यसबारे केही मिडियासँग कुरा गर्दै सलमानसँगको एक्सन दृश्यका लागि विशेष विग बनाइएको जनाएका छन् । अर्थात् उनी नयाँ अवतारमा देखिनेछन् । इटाइम्सले विशेष रूपमा भनेको छ, एसआरकेका लागि टाइगर ३ मा सलमानसँगको एक्सन दृश्यका लागि विशेष विग बनाइएको छ । अर्थात् उनी नयाँ अवतारमा देखिने भएका छन् । पठान र टाइगर ३ दुवै स्पाइ युनिभर्स अफ वाईआरएफ (यशराज फिल्म्स) को फिल्म हुन् । जहाँबाट पठानको कथा समाप्त हुन्छ, त्यहींबाट टाइगर ३ को कथा सुरु हुन्छ । वाईआरएफको स्पाइ युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान र टाइगर ३ जस्ता फिल्म छन् ।

शाहरुख र सलमानले ६ महिनादेखि टाइगर ३ को मिति तय गर्ने प्रयास गरिरहेका छन् । दुवै कलाकार आ–आफ्नो प्रोजेक्टको सुटिङमा व्यस्त छन् । सलमान ‘किसीका भाइ किसीकी जान’ मा व्यस्त छन्, जुन यस वर्षको अप्रिलमा इदमा रिलिज हुने तयारीमा छ । जहाँ शाहरुख साउथ निर्देशक एट्लीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको अर्को फिल्म ‘डंकी’मा काम गरिरहेका छन् । तर पठानमा आफ्नो सिक्वेन्सको सिर्जना भएको क्रेजलाई मध्यनजर गर्दै सलमान र शाहरुखले छिट्टै आफ्नो जासूस सिक्वेन्स सुटिङको मिति तय गर्ने बताइएको छ ।

शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको पठानले दुई दिनमा भारतीय बक्स अफिसमा आक्रामक माइ गरेको छ । देशका ५ हजार ५०० स्क्रिन र विदेशमा २ हजार ५०० स्क्रिनमा रिलिज भएको सिद्धार्थ आनन्द निर्देशित फिल्मले पहिलो दिन विश्वभर १०० करोड भारुभन्दा बढीको कलेक्सन गरेको छ । दोस्रो दिन यो फिल्मले विश्वभर ११३ करोड भारु कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?