+
+

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते २०:५७

१३ माघ, काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताएका छन् ।

सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

सञ्चारकर्मी र लामिछानेको सम्वाद

प्रश्न : सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ?

रवि : तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नुभएको नै थाहा छैन ।

प्रश्न : यो भन्दा अगाडि त गृहमन्त्री हुनुहुन्थ्यो नि

रवि : यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

प्रश्न : अब के गर्नुहुन्छ ?

रवि : थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।

प्रश्न : सर्वोच्चको फैसलालाई कुन रुपमा लिनुभएको छ ?

रवि : स्वागत गर्छु, स्वीकार गर्छु । सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय छ र ? अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालें, एउटा अनागरिकले के उत्तर दिने ।

प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष …

रवि : म अध्यक्ष रहिनँ सर । म केही पनि होइन, कहींको पनि होइन ।

प्रश्न : नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानुहुन्छ ?

रवि : यो सबै प्रश्नहरुको मसँग कुनै जवाफ छैन । तपाईंहरुले कसलाई प्रश्न सोध्नुभएको ? प्रश्न सोध्न कुनै परिचय चाहिन्छ । यतिखेर कुनै परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि तपाईं ?

रवि : त्यो पनि मलाई थाहा भएन ।

प्रश्न : रास्वपाको सभापति अब को हो त ?

रवि : खै थाहा भएन ।

रविसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?