+
+

टाइगर कप भलिबलको उपाधि होडमा गण्डकी र एपीएफ

महिलातर्फ घरेलु मैदानमै कमजोर बन्यो गण्डकी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १९:४३

१३ माघ, पोखरा । पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगिता उपाधिका लागि पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश र विभागीय टोली एपिएफ क्लब भिड्ने भएका छन् ।

प्रतियोगिताको फाइनल शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा गण्डकीले अर्को विभागीय टोली नेपाल आर्मीलाई पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो ।

नेपाल आर्मी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली गण्डकीले नेपाल आर्मीलाई पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१६ अंकमा पराजित गरेको हो ।

प्रतियोगिताको फाइनलमा पुगेको अर्को टोली एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल रह्यो । एपिएफले पहिलो सेट २५–१०, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले जित्दै घरेलु टोली गण्डकीसँग उपाधिका भिडन्त पक्का गरेको हो ।

घरेलु टोली गण्डकीले पहिलो संस्करणको टाइगर कप उपाधि उचालेको थियो । भोलिको फाइनल खेलमा दोस्रो पटक उपाधि चुम्दै दुवै टोली इतिहास रच्ने दाउमा छन् । भोलिको प्रतियोगिता जिते गण्डकीले दुईपल्ट उपाधि जित्ने टोली बन्ने छ भने विभागीय टोली एपीएफले खाता खोल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ टिम सहभागी थिए । विदेशी टिम श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्ट्स क्लब भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको थियो । प्रतियोगिता टाइगर ग्रुप अफ पोखराले आयोजना गर्र्दै आएको छ ।
महिलातर्फ गण्डकीलाई हराउँदै न्यु डायमण्ड तेस्रो

महिलातर्फ गण्डकी प्रदेशलाई घरेलु मैदानमै हराउँदै न्यु डायमन्ड तेस्रो बनेको छ । शुक्रबार भएको खेलमा डायमन्डले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमण्डले गण्डकीलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल रह्यो । प्रतियोगितामा सुरुमा भाग लिने बताएका नेपाल पुलिस क्बल र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड अन्तिम समयमा अनुपस्थित भएपछि गण्डकीको टिम बनेको थियो ।

अरुणा शाहीले कप्तानी गरेको गण्डकीको टिममा भारतका ३ जना राष्ट्रियस्तरका खेलाडी सहभागी थिए । तर, खेलमा उनीहरुले कुनै जादू देखाउन भने सकेनन् । ४ टिम सहभागी प्रतियोगितामा गण्डकीले कुनै पनि खेल जित्न सकेन ।

महिलातार्फ फाइनलमा उपाधिका लागि २ विभागीय टोली एपीएफ र नेपाल आर्मी भिड्ने छन् । एपीएफ अघिल्लो संस्करणको विजेता पनि हो । पहिलो संस्करण भने नेपाल पुलिस क्लबले हात पारेको थियो ।

प्रतियोगिताको विजेता महिला पुरुष टिमले समान ५÷५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ र चौथौले ६५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०/१० हजार हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?