+
+

राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १४ गते १२:५७

१४ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।

निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उनले भने ।

उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए ।

सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उनको भनाइ छ ।

नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?