
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु सहयोग गरेकोे छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्रीपञ्चमीको अवसरपारेर बैंकले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ ।
बैंकको बागमती प्रादेशिक कार्यालयका उपप्रमुख विदुर ज्ञवालीले विालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बैंकका शहिदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेमबहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4