
१५ माघ, काठमाडौं । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रुसलाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो ।
युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले प्रतिस्पर्धा नगर्ने बताएका छन् ।
रसियन तथा बेलारसियन खेलाडीलाई कुनै पनि किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिन नहुने उनको भनाइ छ । रूसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर उनको यस्तो भनाइ आएको हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले रूसका खेलाडीका लागि कुनै न कुनै तवरको मार्ग बनाउने भन्दै आइरहेको छ । ‘अहिले रसियन खेलाडीलाई खेल्न दिने प्रक्रियाहरु भइरहेको छ । यदि त्यो प्रक्रिया पूरा भएको खण्डमा हामी प्रतियोगिता बहिष्कार गछौं’, युक्रेन ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका गुत्सेतले भने ।
रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै आईओसीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसका खेलाडीलाई प्रतिबन्ध लगाएको थियो ।
तर आईओसीले पछिल्लो समय रसियन पासपोर्ट भएकै कारण कुनै पनि खेलाडीलाई प्रतियोगिताबाट वञ्चित गर्न नहुने भन्दै उनीहरुलाई पनि खेल्न दिने बाटो खोजिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4