+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अनुमतिविना वस्तु विनिमय बजार सञ्चालन नगर्न धितोपत्र बोर्डको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १५:००

१५ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति नलिई वस्तु विनिमय बजार सञ्चान नगर्न आग्रह गरेको छ । बोर्डले आइतबार एक सूचना जारी गर्दै वस्तु विनिमय बजार सञ्चालन गर्न हालसम्म अनुमति जारी नगरिएको स्पष्ट पारेको छ ।

अनुमति जारी नभएको अवस्थामा पनि बजारमा वस्तु विनिमय बजार सञ्चालनमा रहेको भन्ने सूचना आफूहरुले पाएको भन्दै बोर्डले गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

‘पछिल्लो समयमा कुनै संस्था/कम्पनीबाट वस्तु विनिमय बजारसम्बन्धी कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकोले बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई सञ्चालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गराइन्छ ।’

बोर्डले सर्वसाधरण लगानीकर्ताहरुलाई विना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायी मार्फत वस्तु विनिमय बजार सम्बन्धी कुनै किसिमको कारोबार नगर्न पनि आग्रह गरेको छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको पनि बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्न पूर्व स्वीकृतिका लागि निवेदन दिने सम्बन्धी असोज २०७९ को सूचना सर्वोच्च अदालतको अल्पकालीन आदेश बमोजिम यथास्थितीमा स्थगित रहेको पनि बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?