+
+

४ करोड लगानीमा दक्षिणकालीमा खुल्यो जुत्ता-चप्पल उद्योग

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १२:४९

१५ माघ, काठमाडौं । ४ करोड लगानीमा दक्षिणकालीमा जुत्ता-चप्पल उद्योग सञ्चालनमा आएको छ । दक्षिणकाली नगरपालिका-७ गोपालेश्वरमा लक्की मल्टिपर्पोज इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन दक्षिणकालिका मेयर मोहन बस्नेतले एक कार्यक्रमका बीच गरेका छन् ।

देशको अर्थतन्त्रका लागि व्यापारभन्दा उद्योग फलदायी रहेकाले यसमा लगानी गरेको उद्योगका अध्यक्ष दिनेशराज अर्यालले बताए । आफ्नै ठाउँमा स्वरोजगार ल्याउन र सुलभ मूल्यमा जुत्ता-चप्पल उपलब्ध गराउन उद्योग खोलिएको उद्योगका निर्देशक दीपक आचार्यले बताए ।

फुट वेयरबाट सुरूवात भएको उद्योगबाट भविष्यमा मास्क लगायतका अन्य आवश्यक सामान पनि उत्पादन गर्ने लक्ष्य रहेको आचार्यले बताए । उद्योग पूर्णरुपमा सञ्चालनमा आएपछि एक सय जनाभन्दा बढीले रोजगारी पाउने आचार्यको भनाइ छ ।

आफ्नै ठाउँमा उद्योग स्थापना हुनुले नगरपालिकालाई समेत फाइदा पुगेको मेयर बस्नेतले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?