+
+
Shares

थप तीन स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १८:४६

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थित गुलरा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१ स्थित हिमाल चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा वस्तार गरिएको बैंकले जनाएको छ ।

यी तीन शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०० पुगेको बैंकले जनाएको छ ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?