+
+

सोसिडाडसँग बराबरीमा रोकियो रियल मड्रिड

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ८:२३

१६ माघ, काठमाडौं ।स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिड तेस्रो स्थानको रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियलले सोसिडाडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

रियलले घरेलु मैदानमा गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

यो बराबरीपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी ३ मा झार्ने मौकासमेत गुमाएको छ ।

रियल १८ खेलबाट ४२ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट ४७ अंकका साथ  बार्सिलोना शीर्ष स्थानमा छ ।तेस्रो स्थानको सोसिडाड १९ खेलबाट ३९ अंक छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले ओसासुनालाई १-० ले पराजित गरेको छ । एट्लेटिकोका लागि सउल निगेजले निर्णायक गोल गरे । एट्लेटिको १९ खेलबाट ३४ अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?