+
+

इन्जुरी टाइममा गोल बेहोर्दा पीएसजी बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते ८:५१

१६ माघ, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेइम्ससँग १-१ को बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पहिले अग्रता लिए पनि इन्जुरी टाइममा गोल बेहोर्दा पीएसजीले अंक बाँड्नुपरेको छ ।

घरेलु मैदानमा भएको खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर इन्जुरी टाइममा फोलारिन बालोगुनले गोल गर्दै रेइम्सको हार टारे ।

पीएसजीका मार्को भेराट्रटीले ५९ औं मिनेटमा रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

बराबरीपछि शीर्ष स्थानको पीएसजीको २० खेलबाट ४८ अंक छ । पीएसजी दोस्रो स्थानको लेन्सभन्दा अझै ३ अंकले अघि छ। रेइम्स २६ अंकसहित ११ औं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?