+
+
Shares

मान्छेले किन अरूको कुरा काट्छ ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ माघ १६ गते १३:४४

काठमाडौं । मान्छेको आम प्रवृत्ति नै अरुको चियोचर्चा गर्ने । अरुको बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने प्रायः मान्छेको स्वभाव हुन्छ । आफन्त, सहकर्मी, चिनेजानेको व्यक्तिकै बारेमा मान्छेले कुरा काटिरहेका हुन्छन् । कुरा काटेर बस्दा कुनै लाभ मिल्ने होइन । तर पनि मान्छेले अरूको कुरा काटिरहेकै हुन्छन् ।

नेपाली समाजमा एउटा उखान छ- आफ्नो आङको भैंसी नदेख्ने, अरूको आङको जुम्रा देख्ने ।

कुरा काट्ने प्रवृत्ति कुनै न कुनै रुपमा सबैमा भए पनि कतिपय व्यक्तिमा पनि अरुको कुरा काटेर बस्ने बानी नै हुन्छ । हीनताबोधको भावना छ भने त्यो भावनालाई अरूको कुरा काटेर आनन्द लिने मनोविद् डा. नरेन्द्र सिंह ठगुन्ना बताउँछन् ।

विश्वचर्चित मनोवैज्ञानिक सिग्मन्ड फ्राइडका अनुसार जब मानिस तनाव र चिन्ताको अवस्थामा  हुन्छ, त्यसको न्यूनीकरण गर्न मानसिक संयन्त्रको रूपमा यस्तो प्रवृत्तिको विकास हुँदै जान्छ ।

किन अरूको कुरा काटिरहेको छु भन्ने स्वयं व्यक्तिलाई थाहा हुँदैन । तर यसको कुनै अतिरिक्त इच्छा, चाहना पूरा नहुँदा उसको अचेतन मनले यस्तो बहाना बनाउँछ वा यस्तो प्रवृत्ति विकास हुने ठगुन्ना बताउँछन् ।

कुनै फाइदा हुन्छ ?

कुरा काटेर फाइदा हुने भनेको आत्मसन्तुष्टि मात्रै होला । तर यस्तो प्रवृत्तिले कहिलेकाहीं सम्बन्ध बचाइराख्न भने मद्दत गर्ने ठगुन्ना बताउँछन् ।

‘उदाहरणको लागि मलाई कोही व्यक्तिलाई १० बजे भेट्न जानुपर्ने छ तर म साढे ११ मा पुगें भने मैले त बहाना बनाएर भन्छु हेर्नुस् न आउँदै थिए बाटोमा फलानोसँग भेट भयो । उनले के के कुरामा मलाई अल्झाइदिए त्यसैले ढिला भयो । ढिला भयो भन्दा त्यो व्यक्ति मसँग रिसाउने भयो तर अरूले अल्झायो भनेर बहाना बनाउँदा सम्बन्ध बिग्रिने भएन । आत्मरक्षाको विभिन्न जुक्तिमध्ये कुरा काट्ने पनि एउटा युक्ति हो,’ उनी भन्छन् ।

कहिलेकाहीं कुरा काट्ने प्रवृत्तिले मानिसको आत्मरक्षा गर्छ । तर यो बानी बढी हुँदै गयो भने त्यस्ता व्यक्तिको सम्बन्ध अन्य व्यक्तिसँग बिग्रिंदै जाने ठगुन्ना बताउँछन् । ‘बढी कुरा काट्ने व्यक्तिको बारेमा मान्छेको मनमा नकारात्मक धारणा हुन्छ,’ उनी भन्छन् ।

जसलाई आफ्नो क्षमतामाथि विश्वास हुँदैन त्यस्ता मनोविज्ञान भएका व्यक्तिका कुरा काट्ने प्रवृत्ति हुन्छ । म अरूभन्दा कमजोर छु, मभन्दा क्षमतावान छन् भन्ने मनोविज्ञान भएका  व्यक्तिले अरूको कुरा काट्ने ठगुन्ना बताउँछन् ।

‘कुरा काट्ने प्रवृत्ति भएका व्यक्तिले त जुनसुकै विषयमा पनि कुरा काट्न सक्ने भए । तर जुन विषयमा व्यक्तिले आफूलाई कमजोर ठान्छ, त्यो विषयमा मेरो भन्दा अर्को व्यक्तिको क्षमता बढी रहेछ भने ठान्छ यस्ता विषयमा धेरै कुरा काट्छन्,’ उनी भन्छन् ।

कुरा काट्ने मान्छेको आनीबानी

धेरै बहाना गर्ने, समयमा काम नगर्ने, सधैं तनावमा रहने व्यक्ति, आफ्नो क्षमतालाई सही तरिकाले मूल्यांकन गर्न नसक्ने व्यक्तिलगायत आनीबानी भएका व्यक्तिमा कुरा काट्ने बानी हुने ठगुन्ना बताउँछन् ।

‘व्यक्ति कुनै विषयमा कमजोर छ भने अरूको चियोचर्चा, मूल्यांकन तथा निन्दा गर्दा मैले नराम्रो गरें भन्ने लाग्दैन । निन्दा गर्दा आफ्नो कमजोरी लुक्ने र अरूको कमजोरी देखिने हुँदा उनीहरू केही समय रमाउँछन्,’ ठगुन्ना भन्छन्, ‘यसो गर्दा मनोवैज्ञानिक रूपमा उनीहरूलाई आत्मसन्तुष्टि हुने भयो । अरूको कुरा काट्ने बानी भएका व्यक्तिमा त्यो बानीपछि उसको व्यक्तित्वको रूपमा विकास हुँदै जान्छ ।’

पारिवारिक वातावरणको प्रभाव

मान्छेको व्यक्तित्वको विकास कसरी भएको हो, त्यसले कुरा काट्ने बानीको विकास गर्न सहयोग गर्छ । समाज परिवारका धेरै व्यक्तिमा कुरा काट्ने बानी छ भने मैले पनि काट्दा के हुन्छ र भन्ने लागेर यस्तो बानी बस्ने ठगुन्ना बताउँछन् ।

‘सामाजिक सिकाइको केही असर त त्यहाँका व्यक्तिहरूमा पर्ने नै भयो,’ उनी भन्छन्, ‘परिवारका सदस्यमध्ये कसैमा अरूको कुरा काट्ने, अरूको चियोचर्चा गर्ने प्रवृत्ति छ भने त्यो परिवारमा हुर्किएको बच्चामा पनि त्यो बानी सर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?