
१७ माघ, काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्ध गरेको घोषणा गरेको छ । नेपाल टी-२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्ध गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो ।
सेभेन थ्रीका मालिक जतिन अहलुवालियाले क्यानलाई मंगलबार पत्र पठाएको पुष्टी गरे । उनले राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्र पठाएको र आफ्नो कानूनी टिमले यसबारे थप काम गर्ने बताए ।
९–२७ पुसमा आयोजना भएको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ ।
नेपाल टी-२० लिग र सेभेन थ्री स्पोर्टससँगको सम्झौता बारेमा पोखरामा बसिरहेको क्यानको बोर्ड बैठकमा समेत छलफल हुँदै छ ।
क्यानले सेभेन थ्रीसँग अघिल्लो वर्षको फागुनमा ८ वर्षका लागि सम्झौता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4