+
+

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १७:२३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत माछापुच्छ्रे बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

यो सुविधा ग्राहकलाई १५ फागुन २०७९ सम्म मात्र कायम रहने बैंकले जनाएको छ । बैंकले आफ्ना डेबिट/क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

डिजिटल कारोबारलाई बढावा दिन देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकका अनुसार क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ईएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?