+
+

इटालियन मिडफिल्डर जर्जिन्हो चेल्सी छाडेर आर्सनलमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १८:०५

१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले इटलियन मिडफिल्डर जर्जिन्होलाई अनुबन्ध गर्न चेल्सीसँग १२ मिलियन पाउण्डको सम्झौता गरेको छ ।

३१ वर्षीय जर्जिन्हो सन् २०१४ मा नापोलीबाट चेल्सी आएका थिए । क्लबसँग उनको सम्झौता ६ महिना बाँकी छ ।

जर्जिन्होले आर्सनलसँग एक वर्षको विकल्पका साथ १८ महिनाका लागि सम्झौतामा हस्ताक्षर गर्नुअघि मेडिकल गर्नेछन् । आर्सनलले सुरुमा मोइसेस काइसेडोमाथि नजर लगाएको थियो ।

तर, ब्राइटनले अस्वीकार गरेपछि जर्जिन्होलाई विकल्पका रुपमा सम्झौता प्रक्रिया अगाडि बढाएको हो ।

जर्जिन्हो मिड सिजन ट्रान्सफरमा आर्सनलसँग सम्झौता गर्ने तेस्रो खेलाडी हुनेछन् ।

आर्सनलले यसअघि पोल्याण्डका डिफेण्डर जाकुव किविअरलाई स्पेजियाबाट २० मिलियन यूरोमा अनुबन्ध गरेको थियो भने बेल्जियमका स्ट्राइकर लियान्द्रो ट्रोसार्डलाई ब्राइटनबाट २१ मिलियन पाउण्डमा भित्र्याएको थियो ।

मिकेल आर्टेटा प्रशिक्षित आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रतामा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?