+
+

यू-१९ एसियन क्वालिफायर्समा गुल्सन झाले नेपाली टिमको कप्तानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १२:३०

१८ माघ, पोखरा । आईसीसी एसियन क्वालिफायर्सका लागि गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई सिनियर खेलाडीलाई कप्तान र उपकप्तानको रुपमा छनोट गरेको हो ।

क्यानको छनोट समितिले कप्तानका लागि देव खनाल र गुल्सन झाको नाम पठाएको थियो भने उपकप्तानका लागि दिपेश कँडेललाई नाम सिफारिस गरेको थियो । गुल्सनले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् ।

गुल्सनले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

नेपाली टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, देव खनाल, उत्तम थापा मगर, सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी र मिलन बोहरा पनि  छन् ।

प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?