+
+

‘केजीएफ’को मध्यपूर्व वितरकले ‘ह्यारीकी प्यारी’लाई चार देशमा रिलिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १६:११

काठमाडौं । नेपाली फिल्मलाई मध्यपूर्वको लागि खुसीको खबर छ । ‘केजीएफ’ र ‘आरआरआर’जस्ता चर्चित भारतीय फिल्मको मध्यपूर्व वितरक पीएचएफले नेपाली फिल्म ‘ह्यारीकी प्यारी’लाई वितरण गर्ने भएको छ । उसले आगामी १६ फेब्रुअरी (फागुन ४)मा साम्राज्ञी शाह र जितु नेपाल स्टारर फिल्मलाई मध्यपूर्वका चार देशको २२ पर्दामा रिलिज गर्ने भएको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको सूचीमा यूएईका १३, ओमानको १, कतारका ७ र बहराइनको एक मल्टिप्लेक्सको नाम समावेश छ जहाँ ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुनेछ । पार्स फिल्मको मोसन पिक्चर्स ट्रेन्डिङ एण्ड डिष्ट्रिब्युसन को (पीएचएफ)लाई मध्यपूर्वको प्रतिष्ठितमध्येको फिल्म वितरण मानिन्छ, जसले चर्चित भारतीय र हलिउड फिल्मको वितरण गरिसकेको छ ।

फिल्मलाई सोही मितिमा दुबईमा समेत प्रिमियर गर्ने तयारी छ । नेपालमा भने यो फिल्म शुक्रबार देशव्यापी रिलिज हुँदैछ । भारतका केही क्षेत्रीय भाषामा समेत फिल्मलाई रिलिज गर्ने तयारी छ । नेपाली फिल्मका लागि मध्यपूर्व पछिल्लो समय आकर्षक बजार बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?