+
+

राजु लामाको मंगोलियन हार्टले ठमेलमा लाइभ कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १७:३५

काठमाडौं । गायक राजु लामाले काठमाडौंको ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोचसमेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।

कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरु पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादलपारिको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीत प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, त्रिशला गुरुङलगायतले लाइभ ब्याण्डसहित सांगीतिक प्रस्तुति दिएका थिए ।

विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरुपबाट सञ्चालनमा छ । केही सातासम्म अब हरेक शुक्रबार टर्टलमा चर्चित कलाकारको लाइभ प्रस्तुति तय भएको सञ्चालक ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?