+
+

फिल्म हलमा तीन मिनेटसम्मको ट्रेलर देखाउन पैसा नलाग्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १२:२३
फाइल तस्वीर

काठमाडौं । घरेलु फिल्मका दुई अग्रणी पेसागत संस्थाहरु चलचित्र संघ र निर्माता संघबीचको चरणबद्ध वार्ता सुरु भएको छ । वार्ताको पहिलो दिन बुधबार दुवै पक्षबीच केही बुँदामा महत्वपूर्ण समझदारी भएको छ । चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका समकक्षी सुनिलकुमार थापाले वार्ताको नेतृत्व गरेका थिए ।

दुवै महासचिवले अनलाइनखबरलाई दिएको जानकारी अनुसार निर्माताले १५ दिनसम्म तीन मिनेटसम्मका ट्रेलरलाई हलमा निःशुल्क देखाउन पाउनेछन् भने हलभित्र टाँसिएका पोस्टरको शुल्क पनि तिर्नुपर्ने छैन । निर्माता संघको यो मागमा चलचित्र संघ सकारात्मक बनेपछि निर्मातालाई राहत पुगेको ठानिएको छ ।

चलचित्र संघका महासचिव महर्जनले समझदारीलाई आगामी चरणका वार्तामा मूर्तरुप दिइने बताए । ‘मोटामोटी समझदारी भएको छ । आगामी वार्तामा यसबारे लिखित सहमति हुन्छ । अन्य कुरामा छलफल हुन्छ र ड्राफ्ट तयार पार्छौं,’ महर्जनले अनलाइनखबरसँग भने । निर्माता संघको हालैको राष्ट्रिय भेलाले केही सुझाव दिंदै चलचित्र संघसँग वार्ता गर्न म्यान्डेट दिएको थियो ।

सेयर बाँडफाँटलाई पनि निर्माता संघले मुख्य मुद्दाको रुपमा अघि सारेको छ । बुधबारको वार्तामा क्यूएफएक्सका प्रतिनिधि नआएपछि वार्ता अर्को चरणमा प्रवेश गरेको निर्माता संघका वार्ताकारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?