+
+

अनुहारलाई जवान राख्न बोटोक्स विधि : कसरी गरिन्छ, कति लाग्छ खर्च ?

डा. अनिलकुमार भट्ट डा. अनिलकुमार भट्ट
२०७९ माघ १९ गते १३:५६

जवान र सुन्दर देखिन चाहनु मानवीय स्वभाव नै हो । तर उमेर बढ्दै जाँदा छालामा परिवर्तन देखिन थाल्छ । जसमध्ये एउटा प्राकृतिक प्रक्रिया चाउरीपन पनि हो । उमेर बढ्दै जाँदा देखिने यो समस्या कसैलाई पनि समय अगावै देखा पर्छ ।

केहीमा वंशाणुगत कारणले पनि यस्तो समस्या हुन्छ भने कसैमा छालाको संक्रमणका कारण चाउरीपनको समस्या देखिन्छ । घामको पराबैजनी किरण, चिन्ता र खानपानले हाम्रो शरीरको सबै अंगमा जस्तै छालामा पनि असर गर्छ र अनुहारमा चाउरीपनको समस्या आउँछ ।

कसरी रोक्ने चाउरीपन ?

उमेर बढेसँगै छाला चाउरी पर्ने भएकाले यसलाई स्थायी रूपमा नै रोक्न त सकिंदैन । तर उमेरभन्दा पहिले देखा पर्ने चाउरीपनलाई रोक्न भने केही कुरामा ध्यान दिन सकिन्छ ।

उमेरभन्दा अघि देखा पर्ने चाउरीपनको समस्या कम गर्न छालाको हेरचाह गर्नुपर्ने हुन्छ । छालाको प्रकार अनुसारको फेसवास, सेरम र मोस्चराइजरको प्रयोग गर्नुपर्छ । घामको पराबैजनी किरणको कारणले पनि उमेरभन्दा अगावै चाउरीपनको समस्या देखिने भएकाले घामबाट बच्न सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । एसपीएफ ३०, ४० र ५० भएको र यूभीए, यूभीबी भएको सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

उमेरभन्दा पहिले देखा पर्ने चाउरीपनलाई रोक्न अहिले नयाँ प्रवृत्ति बोटोक्स पनि आएको छ । यो सुईको माध्यमबाट उपचार गर्ने पद्धति हो ।

के हो बोटोक्स, कति लाग्छ खर्च ?

बोटोक्स एक औषधि हो, जसले छालालाई जवान राख्न मद्दत गर्छ ।  बोटुलिनम इन्जेक्सन अनुहारको भागमा दिइन्छ जहाँ चाउरीपन हुन्छ । यसले अनुहारको मांसपेशीलाई आराम दिन्छ । यो सम्पूर्ण प्रक्रियालाई बोटोक्स उपचार भनिन्छ । यो उपचार गरेपछि चारदेखि ६ महिनासम्म यसको प्रभाव छालमा रहन्छ ।

चाउरीपन हटाउन गरिने बोटोक्सको खर्च प्रतियुनिट ६०० रुपैयाँ पर्छ । चाउरी कति परेको त्यसअनुसार २०, ३० र ४० युनिट लाग्न सक्छ र खर्च पनि बढ्दै जान्छ ।

बोटोक्स गर्दा अनुहारको छालामा खास कुनै नकारात्मक असर गर्दैन । तर सुईको माध्यमबाट दिइने भएकाले अलि अलि दुखाइ महसुस हुन सक्छ । सुई दिएको नमिलेको खण्डमा आँखीभौंको भाग सुन्निने, आँखाको लिड झोल्लिने हुन सक्छ ।

(छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्टसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?