+
+

खरिद प्रक्रियामा पारदर्शिता कायम गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १६:४८

१९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाई थियो ।

बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्याममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अव पनि पाइए सैह्य नहुने चेतावनी समेत दिए ।

मन्त्री गिरीले भने, ‘अहिले लगभग धेरैजसो मिडियाहरुमा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरु बन्ने गरेका छन्। खरिद प्रक्रियामा शत प्रतिशत पारदर्शीता कायम गर्नेगरी यहाँहरुले काम गर्नुहोला । भोलि काँहीकतै यस्ता गुन्जायसहरु देखिए भने, रहे भने त्यतिबेला तपाईहरुलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन । यो धेरै संवेदनशील विषय छ। ‘

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए । उनले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैंत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताए । उनले भने, ‘ सबैको यसप्रति गम्भीर रुपले ध्यानाकर्षण भएको छ । यसमा तलमाथि भयो भने जनतामा ठूलो निराशा आउन सक्छ । त्यसकारण खरिद प्रक्रियामा हन्ड्रेड परसेन्ट शुद्धता कायम गरियोस् । त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनु पर्दछ । यो कुरामा सम्बन्धितको ध्यान जाओस् । स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैंत्री बनाउनु पर्दछ ।’

मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए । उनले स्वास्थ्य उपकरणहरुको दूरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?