+
+

निगमले आन्तरिक उडानमा सुरू गर्‍यो अनलाइन टिकेटिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १३:११

२० माघ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा अनलाइन टिकेटिङ सुरू गरेको छ ।

निगमका अनुसार अब आन्तरिक उडानका टिकट ई-सेवाबाट किन्न सकिने भएको छ । निगमका अनुसार अब पूर्ण रुपमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सकिने भएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानमा यसअघि नै अनलाइन टिकेटिङ सुरु गरेको थियो । निगमले अन्य लोकल वालेटबाट पनि टिकट काट्न सकिने प्रावधान सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय निगमको वेबसाइटबाट पनि टिकट काट्न सकिन्छ ।

निगमले आफ्ना १९ सीट जहाजमा फुल क्षमतामा भने उडान गर्न नसक्ने जनाएको छ । निगमले आफ्नो सीट क्षमता समेत सार्वजनिक गरेको छ ।

विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणहरुले प्रभाव पार्ने निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?