+
+

‘मन बुढो भएन’ भन्दै रोमान्टिक सुनिए राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १३:२३

काठमाडौं । ५८ वर्ष टेके पनि अभिनेता राजेश हमाल बेलाबेलामा आफूलाई युवा देखाउने प्रयास गरिरहन्छन् । जन्मदिनको केक काट्दा ‘स्वीट सिक्सटिन’ भन्दै हालै उनले केक काटेका थिए । त्यसअघि उनले ‘मन बुढो भएन’ भन्दै आफ्नै स्वरमा गीत पनि निकाले । म्युजिक भिडियामै सही, ढल्किंदो उमेर भए पनि उनले आफूलाई जवान देखाउन हरदम प्रयास गरिरहेकै हुन्छन् ।

कैयौं म्युजिक भिडियोमा उनले आफूभन्दा असमान उमेरका मोडलसँग जोडी बाँधेका छन् । यसो गर्दा पनि उनलाई सुहाउने उनका फ्यानहरुको तर्क छ । यस्तोमा राजेश हमाल काठमाडौंमा आयोजित एक कार्यक्रममा रोमान्टिक सुनिए । उनले आफ्नै आवाजमा ‘मन बुढो भएन’ भन्दै गीत पनि गाए ।

गायक तथा अभिनेता यशकुमारको नयाँ गीत ‘गल्ली’को सार्वजनिक गर्न हमाल प्रमुख अतिथि बनेर पुगेका थिए । गीत सार्वजनिक गर्दै हमालले ‘मन बुढो भएन’ गीत गुन्गुनाए । ‘मेरो मन त बुढो हुने कुरै भएन,’ ठट्टा गर्दै उनले गीत गाउनुअघि भने, ‘मैले पनि गीत गाउने दुस्साहस गर्दैछु ।’

कार्यक्रममा हमालले यशकुमारको प्रशंसा गरे । ‘यशजीले जसरी कलाकारिता प्रस्तुत गर्नुहुन्छ । भावनामा बुझेर महसुस गरेर कला पस्कनुहुन्छ । उहाँको कला ग्रहण गर्ने व्यक्तिले मनदेखि त्यसलाई सुन्छ र हेर्छ । त्यो उहाँको सरलता हो,’ हमालले भने । अघिल्लो म्युजिक भिडियोमा आफूले मोडल रेश्मा घिमिरेसँग काम गर्न पाउँदा खुसी लागेको समेत उनले बताए ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेता जितु नेपालले म्युजिक भिडियो हेर्दा साढे दुई घण्टाको फिल्म हेरेजस्तै महसुस भएको बताए । हलमा चलिरहेको ‘ह्यारीकी प्यारी’को प्रचार गर्न जितु र निर्देशक कपिल रिजाल कार्यक्रममा पुगेका थिए । कपिलका पिता तथा चिकित्सक भोला रिजालको फिल्म ‘साथी’ लगायत प्रोजेक्टमा काम गरेको स्मरण पनि हमालले गरे ।

यशकुमार र मेचु धिमालको स्वर रहेको गीत गल्लीलाई यशले नै कम्पोज गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?