+
+

कपिलवस्तुबाट २१ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १३:२९

२० माघ, काठमाडौं । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका-१ बस्‍ने २८ वर्षीय हमिद मुसलमान, शुद्धोदन गाउँपालिका-६ बिमिहा बस्‍ने ३५ वर्षीय राजेश कुमार बर्मा र सोही गाउँपालिका- बस्‍ने २६ वर्षीय राकेश कुमार बर्मा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरी २१ लाख ७ हजार १०० बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?