+
+

क्यान अध्यक्षलाई विश्वप्रकाशको प्रश्न : न्यायको नियम पालना गर्नु पर्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १४:०३

२० पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा प्रधानमन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानाकर्षण गराएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । यसको विरोध भइरहेको छ । सामाजिक सञ्जालमा #BoycottCAN अभियान नै चलेको छ ।

यसै सन्दर्भमा कांग्रेस महामन्त्री शर्माले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेका थिए । चन्दसँग भएको सम्वादबारे उनले ट्वीटरमा लेखेका छन्, ‘क्यान अध्यक्षलाई फोनमा सोधें : खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?’

शर्माका अनुसार चन्दले सन्दीपलाई टिममा नराख्ने हो भने आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिबियासँग आसन्न त्रिकोणात्मक शृंखलाको नतिजा नेपालको अनुकूल नआउन सक्ने तर्क गरेका थिए ।

शर्माले मौनता नसाँध्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि ध्यानाकर्षण गराएका छन् । खेलकुद मन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्रीसँग रहेको भन्दै उनले पीएम नेपाललाई मेन्सन गर्दै लेखेका छन्, ‘ध्यानाकर्षण गराउँछु कि सही भएको छ बधाई दिनुस्ः यो प्रकरणमा पनि अदालत कुरौं, हतारो नगरौं, गल्ती सच्याउन भन्नोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?