
२० माघ, काठमाडौं । बसुन्धरा स्थित हेराल्ड इन्टरनेसनल कलेजमा आयोजना भएको ‘हेराल्ड फुड फेस्टा २०७९’ सपन्न भएको छ ।
कक्षा १२ का विद्यार्थीले आयोजना गरेको कार्यक्रममा होटल व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीले तयार गरेको विभिन्न परिकारहरुको स्टल राखिएको थियो ।
क्याम्पस प्रमुखले उद्घाटन गरेको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा सांगीतिक कार्यक्रमहरु पनि समावेश गरिएको थियो । होटल व्यवस्थापन संकायका प्रमुख सुजल ढुंगानाले विद्यार्थीहरुको क्षमता र सीप वृद्धिका लागि कार्यक्रम लाभदायक भएको बताए ।
उनले भने, ‘यस्ता कार्यक्रमले होटल व्यवस्थापन अध्ययन गरिरहेका विद्यार्थीलाई क्षमता प्रदर्शन गर्ने अवसर र सीप विकास गर्ने उर्जा दिन्छ । र अरु विद्यार्थीलाई पनि काम गर्ने, सिक्ने हौसला दिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4