
काठमाडौँ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ ।
पर्यटकीय नगरी घान्द्रुकमा २ दिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगर छमछम नाचेको दृश्य निकै लोभलाग्दो छ ।
भिडियोमा प्रेममा परेपछि खुशीले फुरुगं बनेका दुई जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा देखाएका छन् । नबीन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन पवन सुसलिगंले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4