+
+

परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १०:४९

२१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन्।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार राति प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गरेकी हुन् ।

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीसँगको भेटअघि  परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गरिन् ।

हिजो नै  उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको  सांस्कृतिक कार्यक्रममा सहभागी भउकी थिइन् ।

परराष्ट्मनत्री पौड्याल आज बिहानै सुर्योदयसँगै  श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा परराष्ट्रमन्त्री सहभागी भएकी छन् ।

उनले आज दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?