+
+

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते ८:४५

२२ माघ, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेस संसदीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बस्ने छ ।

संसदीय समितिको बैठकमा पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखक पदेन सदस्यको रूपमा सहभागी हुँदै आएका छन् । यो संसदीय समिति पूर्ण नभएकाले देउवाले बैठकमा उपसभापति पूर्ण बहादुर खड्का र नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गर्दै आएका छन् ।

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज छ । सत्ता पक्षबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउँदैछिन् । उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?