+
+

‘भ्वाइस ओभर वाइफाइ’ सेवा थाल्दै नेपाल टेलिकम, के हो भोवाइफाइ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १५:३२

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा थाल्ने तयारी गरेको छ । भ्वाइस ओभर एलटीई (भोल्टे) सेवा दिइरहेको कम्पनीले भोवाइफाइ सेवा थाल्न लागेको प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी दिए ।

कम्पनीको १९ औं वार्षिकोत्सव समारोहमा पौडेलले भोवाइफाइ सेवा परीक्षणको भइरहेको र छिट्टै सुरु हुने बताए ।

यो भोल्टेको लागि पूरक प्रविधि भ्वाइस ओभर वाइफाइ एक कलिङ सेवा हो, जसले ग्राहकहरूलाई वाइफाइमार्फत गुणस्तरीय कल गर्न सकिन्छ । वाइफाइमा इन्टरनेट पहुँच र भोवाइफाइको सुविधा रहेको स्मार्टफोन आवश्यक पर्छ ।

मोबाइलमा वाइफाइ कलिङलाई ‘अन’ मा स्विच गरेपछि यो सेवा एक्टिभ हुन्छ । टेलिकमले सेवा सुरु गरेछि ‘वाइफाइ कलिङ’को सुविधा रहेका स्मार्टफोनलाई वाइफाइ नेटवर्कमा कनेक्ट गर्नुपर्छ । यसमार्फत पोस्टपेड र प्रिपेड भ्वाइस ग्राहकहरूले उच्च गुणस्तरको कलहरू गर्न सक्छन् ।

यसका लागि कुनै एपहरू आवश्यक पर्दैन । भोल्टे र भोवाइफाइ कलिङ दुवैलाई स्विच अन राखेपछि कल काटिने समस्या कम हुन्छ ।

यो प्रणालीमा वाइफाइमा रहँदासम्म फोन ‘भोवाइफाइ’ प्रविधिमा आधारित हुन्छ । जबसम्म वाइफाइको राउटरले गुणस्तरीय कल प्रदान गर्न सक्छ, कल भोवाइफाइमै रहन्छ ।

यदि कल गर्ने व्यक्ति राउटरबाट धेरै टाढा पुगे वा वाइफाइसमा इन्टरनेट काटिए कल भोल्टेमामा स्विच हुन्छ । भोल्टे अन गरिएको छैन भने, कल ड्रप हुन्छ ।

यसले सेलुलर जडानहरू कमजोर भएका ठाउँमा कभरेज सुधार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?